Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिनिधिसभा बैठकमा चार मन्त्रीलाई आज सांसदले प्रश्न सोध्ने

admin

प्रतिनिधिसभाको बैठक

काठमाडौं— २३, माघ ।

प्रनिनिधिसभाको आज बस्ने बैठकमा चार जना विभागीय मन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने कार्यक्रम छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिनेछन् ।

सचिवालयमा मन्त्रीलाई सोध्न सांसदहरुले ८८ वटा मौखिक र २८ वटा लिखित प्रश्न दर्ता गराएका छन् ।

सचिवालयका अनुसार गृहमन्त्री थापासँग कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि दोषी पत्ता लाग्न नसकेको विषयमा प्रश्न दर्ता गराएकी छन् । त्यस्तै कांग्रेसकै देवेन्द्रराज कँडेलले भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गरिएको र लगत्तै प्रहरीको इकाउन्टरमा दोषी मारिएको विषयमा गृहमन्त्री थापाको जवाफ माग गरेका छन् ।

नेकपाकी सांसद सरिता न्यौपानेले पैतृक सम्पत्ति सम्बन्धित विषयमा माहिला बालबालिका मन्त्रीसँग जवाफ माग गरेकी छन् । त्यस्तै सांसदहरु दीलेन्द्रप्रसाद बडू, डा. मिनेन्द्र रिजाल, अहतरकमाल मुसलमान, रंगमति शाही, राबहादुर बिष्ट, प्रकाश स्नेही, प्रेम सुवाललगायतले प्रश्न दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् । यसअघि माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको