Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

म्याद सकिएका २५० सिलिण्डर मेट्रो काठमाण्डौ ग्यास उद्योगद्धारा नष्ट

admin

metro kathamandu gas

काठमाडौं— २३, माघ ।

धादिङ, मेट्रो काठमाण्डौ ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ ।

राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतोल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ७ मा रहेको उद्योग हातामा संकलित म्याद सकिएका सिलिण्डर नष्ट गरेको हो । हाल सो उद्योग अन्तर्गत २ लाख ३२ हजार थान सिलिन्डर वजारमा रहेको छ । जस मध्य २५० सिलिन्डरमा २०० रातो सिलिन्डर र ५० निलो सिलिन्डर नस्ट गरिएको मेट्रा काठमाण्डौे ग्याँसका जनरल मेनेजर महेन्द्र भुषालले वताए ।

हाल सम्म ५४ वटा उद्योग मध्ये ४ वटा उद्योग जसमा बाबा ग्यास उद्योग, कोशी ग्यास उद्योग, नेपाल ग्याँस उद्योग र काठमाण्डौ मेट्रो ग्यासले मात्र हाल सम्म नस्ट गरेको पाईएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए ।

नेपाल सरकारको समेत लगानी रहेको मेट्रो काठमाण्डौे ग्याँस उद्योग आधुनिक प्लान्टबाट संचालित उद्योग हो । यस उद्योगमा सवै काम मेसिनबाट हुने गरेको छ । यस उद्योगले १ मिनेटमा १२ वटा ग्याँस रिफिलिङ्ग गर्ने क्षमता राख्ने गरेको छ । जसमा ४० हजार थान भण्डारण गर्न सक्ने क्षमता रहेको छ । नेपालमा ग्याँस सिलिन्डर निर्माण गर्ने उद्योग तिन वटा रहेको छ । ति कम्पनिबाट उत्पादन हुने सिलिन्डरको म्याद ५ देखी १० वर्ष सम्मको हुने गरेको छ ।

यसरी म्याद गुज्रेको सिलिन्डरबाट विष्फोट हुदा कयौ घाईते भएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए । नेपालीको भान्छामा जोखिम मोलेर खाना पकाउन बाध्य छन् । नेपाल सरकारले यस्ता म्याद गएका सिलिन्डरहरुको अनुगमन गरी कडा भन्डा कडा कारर्वाही गर्न आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी मर्हजनको भनाई रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको