Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बार्सिलोना र रियाल मड्रिड बराबरीमा रोकिए

admin

barcelona vs real madrid

काठमाडौं— २४, माघ ।

स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल अन्तर्गत गएराती भएको पहिलो लेगमा बार्सिलोना र रियाल मड्रिडले बराबरीमा चित्त बुझाएका छन् ।

बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोना र रियाल मड्रिडले १–१ गोलको बराबरी गरेका हुन् । रियालको लागि करिम बेन्जिमाको पास सदुपयोग गर्दै लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएपनि बार्सिलोनाको लागि ब्राजिलियन स्टार माल्कोमले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । मुख्य स्ट्राईकर मेस्सी बिना खेलको सुरुवात गरेको बार्सिलोनाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

फेब्रुअरी २७ मा हुने दोस्रो लेगमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोक्न सकेमा मात्र पनि रियाल मड्रिड फाइनलमा प्रवेश गर्ने भएको छ । बार्सिलोनाका लागि फाईनल प्रवेशको निम्ति भने स्पष्ट जित आवश्यक हुनेछ ।

बार्सिलोना लगातार पाँचौ पटक प्रतियोगिता जित्ने अभियानमा रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको