Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

मिसेस तिज २०७४ को अडिसन सम्पन्न

admin

टनेल ईभेन्टस प्रा.लिको प्रस्तुती मिसेस तिज आईकन २०७४ को तयारी तिव्र गतिमा भैरहेको छ । चुला चौका घर,व्यवहार सम्हाल्ने मात्र नभै आफुमा लुकेर वसेका क्षमता प्रर्दशन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो पहिचान प्रस्फुटन गर्ने माध्यम हो मिसेस तिज आईकन २०७४ । एक छोरी ,एक बहिनी ,आमा, दिदी वा बुहारी हुनुभन्दा पहिला नारी एक शक्ति हो । नारी विना अधुरो यो सृष्टिका लागि नारीको आफ्नो ईच्छा वा रहर भने कयन स्थानमा गुम्सेर बसेका छन् । वा भनौ वाध्य पारिएका पनि छन् । तथापी पछिल्लो पटक नेपालमा भने नारीहरु थुप्रै विशिष्ट पदहरुमा समेत पुग्न सफल भएका छन् । यस्ता किसिमको अवसरको खोजीमा रहेका नारीहरु प्रति समर्पित एवं नारीहरुको एक मात्र महान चाड तिजको अवसरमा विभिन्न क्षेत्रका दिग्गज महिलाहरुले आयोजना गर्न लागेको मिसेस तिज आईकनको अडिसन यहि श्रावण १४ गते शनिवार काठमाडौमा सम्पन्न भएको छ । अडिसनबाट छानिएका सहभागीहरुको तालिम लाजिम्पाट स्थित टनेल लाउन्जमा हुने टनेलका व्यबस्थापक तथा कार्यक्रम आयोजक सदस्य निश्चल जोशीले बताउनु भयो । अडिसनमा छानिएका प्रतियोगीहरुलाई विभिन्न तालिमहरु प्रदान गरिने फेसन डिजाईनर एवं आयोजक संस्थाकी सदस्य मोमथा बस्नेत तथा डोल्मा रिन्जीनले जानकारी गराउनु भयो । विभिन्न पेशासंग आवद्ध नेपालका प्रतिष्ठित महिलाहरु कार्यक्रमका आयोजक रहेका छन् । आयोजकमा किरण सिंह ठकुरी, सान्द्रा खार्नियर, डोल्मा रिन्जिन कल्पना श्रेष्ठ,शर्मिला सुब्वा रहेका छन् ।

कार्यक्रमको फिनाले भाद्र ३ गते होटल र्याडिसनमा हुने आयोजक संस्थाले जनाएको छ भने विजेतालाई आकर्षक पुरस्कारहरु मिलाइएको छ । नगद पुरस्कार १ लाख ,देखी विभिन्न अवसर तथा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
नेपाली विवाहित महिलालाई पारिवारिक जिम्मेवारीबाट माथी उठेर आफ्ना क्षमता एवं आत्मविश्वासलाई बढावा दिने कार्यको कोशढुंगा सावित हुने विश्वास आयोजक कमिटिका अर्का सदस्य सान्द्राले वताउनु भयो । कार्यक्रमको क्रोरियोग्राफी अभिमन्यु शर्माले गर्ने भएका छन् भने कार्यक्रमलाई विभिन्न संघ सस्थाले प्रायोजन गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको