Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

अस्ट्रेलियामा जारी बीबीएलमा सन्दीपको ३ विकेटसँगै मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश

admin

sandeep lamichhane 1

काठमाडौं— २७, माघ ।

अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाली यूवा लेग स्पेनर सन्दीप लामिछानेको ३ विकेटसँगै उनको टोली मेलबर्न स्टार्स प्ले–अफ चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबावमा रहेको मेलबर्नले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको थियो ।

उक्त इनिङ्समा म्याक्सवेलले ४३ बलमा ८२ रनको योगफल बनाएका थिए । जवाफमा मैदान उत्रिएको सिड्नी सिक्सर्सले १३.४ ओभरमा सबै विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले तीन विकेट हात पारे । मेलबर्न स्टारर्सबाट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले सिड्नी सिक्सरविरुद्ध ३.४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चिएर ३ विकेट लिए ।

सन्दीले पहिलो ओभरमा सिक्सरका टोम कुरानलाई एलबिडब्लु धरापमा पारेका थिए भने दोस्रो विकेटका रुपमा उनले वेन डुवासियुसलाई आउट गरे । उनले सिक्सरका कप्तान मोइसिस हेनसिक्युजलाई कप्तान ग्लेन म्याक्सवेलको बलमा क्याच आउट समेत गरेका थिए ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको