Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

अनिताले सम्झिन माईती (भिडियो सहित)

admin

तिजको रौनक हरेक वर्ष तिज आउनु भन्दा धेरै अगाडिदेखि नै देख्न सकिन्छ । महिलाहरुको विशेष पर्व तिजको आगमनसंगै तिज गितको बजार पनि निकै बढ्ने गरेको छ । सांगितीक क्षेत्रमा पूर्ण व्यवसायिक रुपमा लागेका गायक गायिका हुन वा सौखका रुपमा आएका हुन प्रत्येकले तिज लक्षित गीतलाई महत्वपूर्ण रुपमा समेट्ने कोशिस गरेका नै हुन्छन । यसैक्रममा नेपाली संचार क्षेत्रमा लामो समय देखि संचारक्षेत्रका चिर परिचित तथा नेपाल टेलिभिजनका चर्चित समाचार वाचिका एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले तिजको अवसरमा प्रत्येक वर्ष झै यो वर्ष पनि तिजको गीति एल्बम बजारमा ल्याएकी छिन । आमा दिदी बहिनीको पीर व्यथा समेटेर तिज गीत बजारमा ल्याएकी छिन । अनिताको यस गितको भिडियोलाई भने साई भिजन प्रा.लि.ले निर्माण गरेको हो । नेपाली मौलिकता बोकेको र महिला दिदी बहिनीहरुको महान चाड तिज पर्वमा हिन्दु नारीहरुलाई सम्झना तथा माया स्वरुप तिजका गितहरु प्रत्येक वर्ष वजारमा ल्याउने गरेको अनिताको यस गितलाई निकै रुचाईएको छ ।
आफ्नो कर्मक्षेत्रमा निकै व्यस्तताका बावजुद सांगितीक क्षेत्र तर्फ उतिकै रुचि राख्ने अनिताले आफ्नै स्वरमा रहेको लोकनाथ सापकोटाको शव्द लयमा “प्यारो माईती” नामक एल्बम बजारमा ल्याएकी छिन । मौलीक भाखामा तीज गीत अभाव रहेको समयमा अनिताले तिज गीत रुचाउने दर्शक श्रोताहरुका लागि प्यारो माईती शिर्षकको मौलीक पाराको तीज गीत एउटा उपहार ल्याएकी छिन ।
(भिडियो सहित)

Anita Bindu

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको