Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

नेपाल प्रहरीका अधिकारी बढुवा विवादमा, एसपी उप्रेतीले दिए राजीनामा

admin

nepal police

काठमाडौं— २७, माघ ।

शनिबार बेलुका नेपाल प्रहरीका एसएसपी र एसपी पदमा बढुवा सिफारिस भएको छ । बढुवामा चरम पक्षपाती भएको भन्दै एक एसपीले राजीनामा दिएका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् ।

संगठनले अयोग्य ठानेर बढुवा नदिएपछि राजीनामा दिएको उनले बताए । ‘मेरो करिअर चौपट बनाइदिए,’ उनले भने,‘त्यही कारण अब पदमा बस्नु उचित ठानिन ।’ बढुवामा अन्य प्रहरी अधिकारीले पनि असन्तुष्टि जनाएका छन् । यसपटकको बढुवामा नेताका निकट प्रहरी अधिकारीले छलाङ मारेको आरोप लागेको छ ।

को-को भए बढुवा ?
१४ जना एसपी एसएसपी बढुवाको सिफारिसमा परेका छन् । जसमा सन्दीप भण्डारी पहिलो नम्बरमा सिफारिस भएका छन् । यसअघि उनी तेस्रो नम्बरमा थिए । त्यस्तै टेकप्रसाद राई, दोस्रो, उमेशराज जोशी तेस्रो र श्यालाल ज्ञवाली चौथो नम्बरमा सिफारिसमा परेका छन् । तयस्तै डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त कुँवर र भिमप्रसाद ढकालको पनि बढुवा सिफारिस भएको छ ।

त्यस्तै २६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । जसमा रमेश बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रबिन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, डा.मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल छन् ।

त्यस्तै रमेश थापा, प्रकाश रानाभाट, बिमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण प्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर छन् । विवादका कारण डिआईजीको रिक्त पदमा भने बढुवा सिफारिस रोकिएको छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको