Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

रुसमा भालुको आतंकका कारण आपतकाल घोषणा

admin

Bear

काठमाडौं— २७, माघ ।

रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ ।

उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन ।

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय प्रशासनले भालुलाई डराउने, भगाउने प्रयास गरिरहेको भए पनि प्रभावकारी परिणाम निस्कन नसकेको बताइन्छ ।

(एजेन्सी/इमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको