Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

रुसमा भालुको आतंकका कारण आपतकाल घोषणा

admin

Bear

काठमाडौं— २७, माघ ।

रुसको एक सुदूर क्षेत्रमा भालुको आतंकका कारण आपतकाल घोषणा गरिएको छ ।

स्थानीय अधिकारीका अनुसार मानव बस्तीमा ठूलो संख्यामा ध्रुवीय भालु प्रवेश गरेका कारण मानिसमा आतंक मच्चिएको छ । स्थानीयबासी घरबाट निस्कनसमेत कठिन हुन थालेपछि आपतकाल घोषणा गरिएको उनीहरुको भनाइ छ ।

उत्तरी रुसको नोभाया जेम्ल्या द्वीपसमूहमा ध्रुवीय भालुको आतंक बढेको हो । शनिबारदेखि सो क्षेत्रमा अनिश्चितकालका लागि आपतकाल घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

भालुका कारण भएको मानवीय क्षतिको विवरण भने खुलाइएको छैन ।

जलवायु परिवर्तनका कारण ध्रुवीय भालु अत्यधिक प्रभावित भएको विज्ञहरु बताउँछन् । रुसमा यस्ता भालुलाई लोपोन्मुख प्रजातिमा सूचीकृत गरिएको छ । त्यसैले ध्रुवीय भालुको शिकारमा प्रतिबन्ध लगाइएको छ ।

संघीय पर्यावरण एजेन्सीले समेत यी भालुलाई मार्न अनुमति दिन अस्वीकार गर्दै आएको छ । स्थानीय प्रशासनले भालुलाई डराउने, भगाउने प्रयास गरिरहेको भए पनि प्रभावकारी परिणाम निस्कन नसकेको बताइन्छ ।

(एजेन्सी/इमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको