Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

‘नेशनल पावर न्यूज कला सम्मान— २०१९’ बाट संचारकर्मी/ईभेन्ट डाइरेक्टर राज लुइँटेल सम्मानित

admin

journalist and event organizer raj luitel

काठमाडौं— २८, माघ ।

संचारकर्मी राज लुईटेल यस वर्षको नेशनल पावर न्यूज कला सम्मान— २०१९ बाट सम्मानित भएका छन ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा राजधानीको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ मा लुइँटेल नेशनल पावर न्यूज कला सम्मानबाट सम्मानित भएका छन ।

journalist and event organizer raj luitel

नेपाली भाषा र भेषभुषाको प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विगत लामो समयदेखि नेपाली चलचित्र, अभिनय, गीत, संगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका श्रष्टा, सर्जक तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रदान गरिएको थियो भने कुल ५१ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा जुरी, ईन्करेजमेन्ट, डायस्पोरा र क्रिटिक्स अवार्ड समेत वितरण गरिएको थियो ।

लामो समयदेखी संचार एवं सामाजिक क्षेत्रमा रहेर पत्रकारीता क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै बिभिन्न सौन्दर्य प्रतियोगिता तथा फेशन शो मार्फत फेशन र कलाको दुनियाँमा आफ्नो अलग्गै छाप छोड्न सफल रहेको तथा पछिल्लो समय कलाकारिताका क्षेत्रबाट समेत नेपाली गीत, संगीत एवं कला क्षेत्रको प्रवर्द्दनमा पुर्याएको योगदानको उच्च कदर गर्दै नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ को नेशनल पावर न्यूज कला सम्मानबाट लुइँटेललाई सम्मान गरिएको अवार्ड कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताए ।

राष्ट्र खबर पत्रिका, राष्ट्रखवर डटकम, तथ्य खबरडटकम, बिचार खबरडट कम, पेजेन्ट नेपाल डटकम, रंगपेजडटकम, फेयर एक्सप्रेस पत्रिका लगायत लोकप्रिय संचारमाध्यमका प्रमुख रहेका राज विभिन्न इभेन्टहरु आयोजना गर्दै सफल इभेन्ट अर्गनाइजरको रुपमा समेत स्थापित भै सकेका छन ।

journalist and event organizer raj luitel

राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा फेशन शो, अवार्ड तथा विविध कार्यक्रमहरुको आयोजना गर्ने क्रममा पछिल्लो समय आफु निकट साथीभाईको सहकार्यमा युएईको दुवईमा मोडल सङ्ग्स अवार्ड र काठमाडौमा सगरमाथा म्यूजिक अवार्ड लगायतका विभिन्न ईभेन्टस सफलतापूर्वक सम्पन्न गराईसकेका छन ।

राजधानीमा मात्र केन्द्रित रहेर आयोजना हुँदै आएका सौन्दर्य, मोडलिङ्ग एवं फेशन शो सम्बन्धि कार्यक्रमहरु मोफसलमा समेत आयोजना हुनुपर्छ भन्ने सोचका साथ देशभरीका विभिन्न शहरहरुमा फेशन शो आयोजना गर्ने क्रममा बुटवलमा भएको फेसन शो को भव्य सफलता पश्चात् बिराटनगरमापनि पूर्वान्चलस्तरीय फेसन शो भव्य रुपमा समापन गरेका राजले थाईलैण्डको बैंकक र कतारको दोहामा अन्तराष्ट्रिय फेशन शोको आयोजनाको तयारीलाई समेत तिब्र बनाएका छन ।

journalist and event organizer raj luitel

करीव ३ दर्जन भन्दा बढी सौन्दर्य प्रतियोगिताहरुमा उत्कृष्ट निर्णायकको भुमिका निर्वाह गरिसकेका राज दर्जनौ प्रतिष्ठित संघ संस्थाबाट मात्र नभई भारतको एसिएस मिडियाको चर्चित अन्तराष्ट्रिय गोल्डेन स्टार अर्वाडबाट समेत सम्मानित भैसकेका छन । त्यस्तै भर्खरैमात्र थाईल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय छायाँछवी अनर पत्रकारिता सम्मान–२०१८ बाट समेत लुइँटेल सम्मानित भएका थिए ।

बहुप्रतिभाका धनी राज सञ्चारकर्मी, इभेन्ट अर्गनाइजर, निर्णायक संगै एक कुशल कलाकार तथा मोडल समेत हुन । मोडलिङको सिलसिलामा नेपालका विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको गीतको म्युजिक भिडियोहरुमा अभिनय गरि अवार्ड समेत हात पार्न सफल भै सकेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको