Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

महिला फुटबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

admin

nepalese women football team

काठमाडौं— २८, माघ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबलमा नेपालले घरेलु टिमले भारतमाथि २–१ को ऐतिहासिक जित हात पारेको हो ।

कालिंगा रंगशालामा हिजो साँझ भएको खेलको पहिलो हाफमा नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गरेकी हुन् । सुरुवाती पाँचौ मिनेटमै भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि भण्डारीले नै नेपालका लागि अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याइन् । खेलको अन्त्यतिर अर्थात् ८४ औं मिनेटमा भारतकी रत्नबाला देवीले सान्त्वना एक गोल फर्काइन् ।

भारतको सिनियर महिला टोलीविरुद्ध नेपालले जित निकालेको यो नै पहिलो पटक हो । नेपाल र भारतबीच अहिलेसम्म ९ पटक प्रतिस्पर्धा हुँदा सात खेलमा भारत विजयी भएको थियो भने एक खेल बराबरीमा टुंगिएको थियो ।

जारी हिरो गोल्डकपमा चार टिम सहभागी रहेका छन् । प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो । यस अघिको खेलमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनै पर्नेछ भने भारत र म्यानमारले कम्तीमा बराबरी खेल्नुपर्ने छ । म्यानमारले भारतलाई पराजित गरेको खण्डमा पनि नेपालको फाइनल यात्रा पक्का हुनेछ ।

नेपालमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाल अन्तर्राष्ट्रिय अभ्यासका लागि हिरो कपमा सहभागी भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको