Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

admin

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं— २८, माघ ।

महासमितिले अनुमोदन गरेको विधानलाई अन्तिम रुप दिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी विधानभित्र समेटिएका केही विषयलाई परिमार्जन गर्दै नेविसंघको महाधिवेशनबारे छलफल गर्न आज पनि बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा विधानलाई अन्तिम रुप दिने र नेविसंघको महाधिवेशनबारे छलफल हुने बताइएको छ । कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यले पार्टीको वडा समितिबाटै निर्वाचित हुनुपर्ने वा अन्य प्रावधान राख्ने विषयमा बहस जारी छ ।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कार्यसमितिले सुझाव समेटेर परिमार्जन गर्न सक्ने गरी पारित गरेको थियो ।

महासमिति बैठकले केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने गरी विधान संशोधनको सुझाव दिएको थियो । यसअघि, हिजो बसेको बैठकमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको