Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

धनगढी प्रिमियर लिग (डीपीएल)मा अत्तरियासँग धनगढी ५ रनले पराजित

admin

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट

काठमाडौं— २८, माघ ।

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत जारी तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले दिएको ९६ रनको लक्ष्य पुरै २० ओभर सकिँदा पनि धनगढीले भेटाउन सकेन ।

उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्ससँग हारेको धनगढीको यो लगातार दोस्रो हार हो । फाप्ला मैदानमा ९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीका लागि राजु रिजाले नटआउट २६ रन बनाएपनि धनगढीलाई जिताउन सकेनन् । धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

अत्तरियाका भुवन कार्कीले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । यस्तै युवा खेलाडी दिपेन्द्र रावतले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

पहिलो इनिङ्समा अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे भने जयकिशन कोश्लावालाले २१ रनको योगफल बनाए । त्यस्तै प्रेम तामाङले १२ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए ।

सोमपाल कामीको धनगढीका लागि भने रोहन मुस्तफाले २ विकेट र अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १र१ विकेट लिए ।

पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित धनगढी अत्तरियासँग पराजित भएको हो ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको