Logo
17 Mar 2025    ३ चैत्र २०८१, सोमबार

ताजा खबर

सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या : मन्त्री गुरुङ प्रचण्डको तस्बिर जलाउने राप्रपाका बम पक्राउ प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ बलिवुडका संगीतकार एआर रहमान अस्पताल भर्ना प्रतिनिधिसभा बैठकको क्यालेन्डर तयार प्रतिनिधि सभा बैठक बस्दै

मिस हेरिटेज क्विन २०१७ को तालिम शुरु, फिनाले भाद्र ७ मा

admin

काठमाडौं । राजधानीमा गत असार १७ गते देखि मिस हेरिटेज क्विन २०१७ प्रतियोगिताको तयारी भैरहेको छ । कला,संस्कृति एवं सम्पदाको संरक्षण गर्ने उद्देश्यले सो प्रतियोगिताको अयोजना हुन लागेको हो । असार १७ देखि आवेदन फाराम खुल्ला भएको भएको उक्त प्रतियोगिताको अडिसन यहि श्रावण १४ गते शनिवार सम्पन्न भएको छ । जुजुवा लौन्ज बार दरवारमार्गमा भएको अडिसनमा आवेदक ईच्छुक प्रतियोगिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगीहरुलाई श्रावण १७ गते बाट तालिम प्रदान गरिने आयोजक समितिका रवि तामागंले जानकारी दिनुभयो।
युथ क्रियशन नेपालले आयोजना गरेको उक्त प्रतियोगीतामा व्यक्तिको वाहिरी आवरणलाइ भन्दा वर्तमान समयमा लोप हुदै गएका परम्परागत कला संस्कृतिलाई बढी प्राथमिकता दिईने आयोजक समितिका बिनोद लामाले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुनको लागि १६ देखि २५ वर्ष सम्मको उमेर तोकिएको छ । सहभागीहरुको वाक्लो र उत्साहितपूर्ण उपस्थिति रहेको यस प्रतियोगिताको फाइनल राष्ट्रिय नाचघर जमलमा भाद्र ७ गते हुने आयोजक समितिले जनाएको छ । अडिसनमा छानिएका प्रतियोगिहरुका साथमा आयोजक समितिले सामाजिक कार्यहरु पनि गर्दै आईरहेको छ । सो क्रममा स्वम्भुमा निःशुल्क पानी वितरण गरेको जानकारी आयोजक संस्थाकी अर्का सदस्य एन्जीला वाइबाले वताउनु भयो साथै प्रत्येक हप्ता सामाजिक कार्य सक्रिय हुने क्रममा यस हप्ता शनिवार वागमती सरसफाई अभियानमा सहभागी हुने आयोजक समितीका अर्का सदस्य शिल्पा लामाले बताईन ।

Ms Heritage

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको