Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

मिस हेरिटेज क्विन २०१७ को तालिम शुरु, फिनाले भाद्र ७ मा

admin

काठमाडौं । राजधानीमा गत असार १७ गते देखि मिस हेरिटेज क्विन २०१७ प्रतियोगिताको तयारी भैरहेको छ । कला,संस्कृति एवं सम्पदाको संरक्षण गर्ने उद्देश्यले सो प्रतियोगिताको अयोजना हुन लागेको हो । असार १७ देखि आवेदन फाराम खुल्ला भएको भएको उक्त प्रतियोगिताको अडिसन यहि श्रावण १४ गते शनिवार सम्पन्न भएको छ । जुजुवा लौन्ज बार दरवारमार्गमा भएको अडिसनमा आवेदक ईच्छुक प्रतियोगिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगीहरुलाई श्रावण १७ गते बाट तालिम प्रदान गरिने आयोजक समितिका रवि तामागंले जानकारी दिनुभयो।
युथ क्रियशन नेपालले आयोजना गरेको उक्त प्रतियोगीतामा व्यक्तिको वाहिरी आवरणलाइ भन्दा वर्तमान समयमा लोप हुदै गएका परम्परागत कला संस्कृतिलाई बढी प्राथमिकता दिईने आयोजक समितिका बिनोद लामाले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुनको लागि १६ देखि २५ वर्ष सम्मको उमेर तोकिएको छ । सहभागीहरुको वाक्लो र उत्साहितपूर्ण उपस्थिति रहेको यस प्रतियोगिताको फाइनल राष्ट्रिय नाचघर जमलमा भाद्र ७ गते हुने आयोजक समितिले जनाएको छ । अडिसनमा छानिएका प्रतियोगिहरुका साथमा आयोजक समितिले सामाजिक कार्यहरु पनि गर्दै आईरहेको छ । सो क्रममा स्वम्भुमा निःशुल्क पानी वितरण गरेको जानकारी आयोजक संस्थाकी अर्का सदस्य एन्जीला वाइबाले वताउनु भयो साथै प्रत्येक हप्ता सामाजिक कार्य सक्रिय हुने क्रममा यस हप्ता शनिवार वागमती सरसफाई अभियानमा सहभागी हुने आयोजक समितीका अर्का सदस्य शिल्पा लामाले बताईन ।

Ms Heritage

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको