Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चर्चित कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सिङ्गापुरमा ‘हेरिटेज पेजेन्टस् २०१९’ प्रारम्भ

admin

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ को संस्करण विधिवत् रुपमा आरम्भ भएको छ । गत १२ फेब्रुअरी साँझसम्म प्रतियोगितामा सहभागि हुनका लागि सिंगापुर आइपुगेका विभिन्न मुलुकका सहभागिहरुलाई स्वागत तथा उनीहरुलाई अफिसियल स्यास हस्तान्तरण गरेसंगै प्रतियोगिताले गति पाएको हो । प्रतियोगिताका लागि सो दिन सम्म नेपाल, भारत, सिंगापुर, थाइल्याण्ड, फिलिपिन्स, सेन्ट्रल एशिया, कजाकिस्तान, केन्या, नाइजेरिया, क्यामरुन लगायतका मुलुकका प्रतिस्पर्धीहरु आइपुगेका छन् । अन्य सहभागिहरु आउने क्रममा रहेका छन् । सहभागिहरुलाई कार्यक्रम आयोजक संस्था ई प्लानेट प्रा.लि.का अध्यक्ष सन्तोष सापकोटाले स्यास पहि¥याइदिएका थिए । प्रतियोगिताको ग्राण्ड फिनाले यही फेब्रुअरी १६ तारिखमा सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा सम्पन्न हुनेछ ।

यस पटकको हेरिटेज् पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । इप्लानेट प्रा.लि. आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहने कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् । सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफीमा सहकार्य रहनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको