Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

महालक्ष्मीस्थानमा वर्ल्ड लिंकको फ्री वाईफाई सेवा सुचारु

admin

free wifi on mahalaxmisthan

ललितपुर, फागुन १२।

ललितपुर महानगरपालिका वडा नम्बर ०५ स्थित महालक्ष्मीस्थान मन्दिर क्षेत्रमा आजदेखी फ्री वाई फाई सेवा सुचारु भएको छ ।ललितपुर महानगरपालिका वडा नम्बर ०५ को पहलमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले उक्त स्थानमा फ्री वाई फाई सेवा उपलब्ध गराएको हो ।

उक्त स्थानमा फ्री वाईफाई सेवा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौतापत्रमा हस्ताछेर समेत भएको छ । ललितपुर महानगरपालिका ०५ नम्बर वडा कार्यालय र इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक बिच सो सम्झौता भएको हो । जसमा ललितपुर महानगरपालिका ०५ नम्बर वडाको तर्फबाट वडा अध्यक्ष विकासमान श्रेष्ठ र वर्ल्ड लिंकको तर्फबाट प्रमुख विजय जलानले हस्ताछेर गरेका छन ।
सम्झौतापत्रमा हस्ताछेर पस्छात कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रेष्ठले फ्री वाईफाइको दुरुपयोग होइन सदुपयोग गर्दै निशुल्क रुपमा प्राप्त सेवाबाट लाभ लिन सकेमा मात्रै समाजले डिजिटल युगको विकाससँगसंगै गतिशिलता हासिल गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा वर्ल्ड लिंकका प्रमुख विजय जलानले वर्ल्ड लिंकले बिभिन्न सार्वजनिक स्थलमा निशुल्क रुपमा नै वाईफाइ जडान गर्दै आएको अवगत गराउदै आएको र डिजिटलको बढदो माग अनुरुप सेवाको दायरालाई बिस्तार गर्दै स्तरिय सेवाप्रवाहमा दत्तचित्त भएर लाग्दै आएको बताए ।

कार्यक्रम माझ बोल्ने क्रममा ललितपुर महानगरपालिका वडा नम्बर ०५ का सल्लाहकार पुरुशोत्तम ढुङ्गानाले सार्वजनिक स्थलमा निशुल्क रुपमा उपलब्ध वाईफाईको प्रयोग सहि ढंगले भए नभएको बारेमा सरोकारवालाले निगरानी राख्न आवश्यक रहने बताएका थिए ।

कार्यक्रममा श्री लक्ष्मीस्थान ब्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइराला, समाजसेवी गम्भिर सिंह बस्नेत, वडा सदस्य शोभादेवी प्रधान लगायतले बोलेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको