Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

किम र ट्रम्पका ‘डुप्लिकेट’ भियतनाम पुगे

admin

किम र ट्रम्पका ‘डुप्लिकेट’ भियतनाम पुगे

काठमाडौं— ,फागुन १२।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘डुप्लिकेट’ भियतनाममा पुगेका छन् ।

किम र ट्रम्पबीच भियतनाममै भेटवार्ताको तयारी भइरहेको समयमा उनीहरुको जस्तै हुलिया बनाएर अभिनय गर्ने दुईजना भियतनाम पुगेका हुन् । किमजस्तै देखिने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटले भियतनाममा शिखर सम्मेलनको नक्कल पनि गरेका थिए । उनीहरुले संचारकर्मीसँग संक्षिप्त कुराकानीसमेत गरेका थिए ।

सो घटनालगत्तै उनीहरुलाई भियनताम प्रहरीले नियन्त्रणमा लिएर चेतावनी दिएको छ । उनीहरु दुवैले आफूहरुलाई भियनतामबाट फिर्ता गरिदिने धम्की आएको बताए । ‘प्रहरीले हामीलाई किम र ट्रम्पको नक्कल बन्द गर्न चेतावनी दिँदै अन्यथा भियतनामबाट बाहिर निकालिदिने धम्की दिएका छन्,’ सञ्चारकर्मीसँग उनीहरुले भने ।

हावर्ड र ह्वाइटले भियतनामको राजधानी हनोइमा नक्कली शिखर सम्मेलन आयोजना गरेका थिए । उत्तर कोरियाको परमाणु महत्वाकांक्षालाई कम गराउनु आफूहरुको उद्देश्य रहेको उनीहरुको भनाइ थियो ।

(ईमेज खबर/एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको