Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

भाषाशास्त्री बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन

admin

भाषाशास्त्री बालकृष्ण पोखरेल balkrishna pokhrel

विराटनगर— ,फागुन १२।

नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य तथा भाषाशास्त्री बालकृष्ण पोखरेलको गएराति निधन भएको छ ।

उच्च रक्त्तचाप, मधुमेह , मुटु र मस्तिष्क रोगबाट पीडित ८६ वर्षीय पोखरेलको विराटनगरस्थित आफ्नै निवासमा निधन भएको उनका छोरा मुनाल पोखरेलले जानकारी दिए ।
उनलाई उपचारका लागि ४ फागुनमा विराटनगरस्थित श्री अस्पताल भर्ना गरिएको थियो ।

बालकृष्ण पोखरेलका ११५ कृति प्रकाशित भएको युवा साहित्कार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए। खस जातिको इतिहास, ५०० वर्ष र नेपाली वृहत् शव्दकोष आदि उनका चर्चित कृतिहरु रहेका छन् ।

बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा मकवानपुर चिसापानीगढीमा विसं १९९० भाद्र कृष्णाष्टमीका दिन स्व पोखरेलको जन्म भएको हो । रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास, पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदिजस्ता उपनामबाट पनि उहाँलाई नेपाली साहित्यका क्षेत्रमा चिन्ने गरिएको छ ।

स्व पोखरेल कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी विसं २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न थिए । विसं २०२७ देखि २०३६ सम्म महेन्द्र मोरङ र पछि स्नातकोत्तर क्याम्पसमा प्राध्यापन गरेका पोखरेलले विसं २०४६ मा अवकाश लिएका थिए । उनी विसं २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य थिए। पोखरेल विभिन्न भाषिक तथा साहित्यिक संस्थामा आबद्ध रहेका थिए ।

उनको पार्थिव शरीरमा स्थानीय साहित्यकार, कवि, पत्रकार, समाजसेवीले श्रद्धा अपर्ण गरिरहेका छन् । उनको एक छोरा र दुई छोरी रहेका छन् । उनको आजै स्थानीय परोपकार घाटमा दाहसंस्कार गरिने बताइएको छ ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको