Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

पूर्वमन्त्री दीपक बोहरासहितका वरिष्ठ नेताहरू राप्रपामा प्रवेश

admin

raprapa_prabes

काठमाडौं— ,फागुन १२।

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् । आइतबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपामा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय, सहायक महामन्त्रीद्वय बिन्दु पहाडी र राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू दीपक राई, ताहिर अली, मीना स्वर्णकार, सुरेन्द्र केसीलगायत प्रवेश गरेका छन् ।

चन्द समूहले छाड्यो राप्रपा
राप्रपा महामन्त्री जयन्त चन्द नेतृत्वको समूहले शनिबार पार्टी परित्याग गरेको छ । चन्दसहित १८ जना नेताले पार्टी छाडेका हुन् । जयन्त पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको