Logo
11 Oct 2024    २५ आश्विन २०८१, शुक्रबार

ताजा खबर

अमेरिकामा मिल्टन आँधीका कारण मृत्यु हुनेको संख्या १६ पुग्यो देशका अधिकांश भूभागको मौसम सफा रहने आज महानवमी , तलेजु भवानी मन्दिर खोलिँदै आजदेखि वीपी राजमार्ग सञ्चालनमा दशैं बिदामा पनि प्रेस काउन्सिलले नियमनलाई निरन्तरता दिने बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था आएको हो : पुर्व प्रम खनाल

admin

jhalanatha khanal

काठमाडौं— ,फागुन १२।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अबतीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण छैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा कुरा जोड दिनुभयो । उहाँले मुलुकको परिस्थितिमा कुनै पनि गडबढी हुने सङ्केत नदेखेको प्रष्ट पार्दै सङ्घीयताको पहिलो अनुभवमा कानून बनाउनुपर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाइ भएको चर्चा गर्नुभयो ।

नेता खनालले पार्टी एकीकरण अविलम्ब हुने भन्दै सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । वर्तमान मन्त्री मण्डल पुनःगठन हुने कुनै एजेण्डा नभएको बताउँदै उहाँले पदमा रहेका पदाधिकारीलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा छलफल चलिरहेको जानकारी दिनुभयो ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको