Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

कांग्रेस पार्टी कार्यालयमा नेविसंघको दुई गुटबीच पार्टी कार्यालय सानेपामा भिडन्त, २० भन्दा धेरै विद्यार्थी घाइते

admin

nebisangh jhadap

काठमाडौं— ,फागुन १२।

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ ।कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।

nebisangh jhadap

विद्यार्थी नेता कुन्दन अर्याल नेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक सुरु हुनु अघि नेताहरु आपसी छलफल गरिरहेका बेला नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो । सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगै हानाहान गरेको प्रहरीले बताएको छ ।

दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरी दुवै पक्षका विद्यार्थीहरुलाई तितरवितर बनाएको हो । झडपमा परी एकजना पत्रकारसहित केही विद्यार्थी घाइते भएको बताइएको छ । घाइतेहरु मध्ये जितेन्द्र क्षेत्रीको अवस्था भने गम्भिर रहेको छ ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको