Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राजकुमारी रीमा साउदीकी पहिलो महिला राजदूत हुँदै

admin

saudiko pahilo mahila rajdut

साउदी अरेबिया— फागुन १२।

साउदी अरेबियाले राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ ।

राजकुमारी रिमा साउदी अरेबियाका तर्फबाट राजदूत बन्ने पहिलो महिला बन्नेछिन् । उनले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताएकी थिइन् ।

राजकुमारी रिमाका बुबा बन्दर विन सुल्तान अल साउद पनि सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि साउदी राजदुत थिए । अमेरिका र साउदी अरेबियाको सम्बन्ध चिसिएका बेला राजकुमारी रिमालेले अमेरिकाका लागि राजदुतको भूमिका सम्हाल्न लागेकी हुन् ।

टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्यदुतावासमा साउदी पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणलाई लिएर साउदीको आलोचना भइरहेका बेला रिमाले कुटनीतिक जिम्मेवारी सम्हाल्न लागेकी हुन् । खशोग्जीको हत्यामा साउदी राजकुमार सलमानको संलग्नता रहेको आरोप लाग्दै आएको छ । तर साउदी अरेबियाले सो आरोप अस्वीकार गरेको छ ।

(ईमेज/एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको