Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

महिला टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालको तेस्रो जित,हङकङ ४ विकेटले पराजित

admin

Nepali women cricket team

काठमाडौं— फागुन १२।

आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले तेस्रो जित दर्ता गरेको छ। हङकङले दिएको ६३ रनको लक्ष्य पछ्याएको नेपालले ९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्‍यो।

फितलो ब्याटिङ गरेको नेपालका लागि अप्सरी बेगमले सर्वाधिक २४ रन बनाइन्। ३५ बल खेलेकी उनले ३ चौका प्रहार गरेकी थिइन्। यस्तै सरिता मगरले १६ रनमा नटआउट रहिन्। बाँकी कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

nepalese women cricket team on thailand

हङकङका लागि जस्मिन टिटमसले सर्वाधिक ३ विकेट लिइन्।

यसअघि थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो।

हङकङका लागि ओपनर बेला पुनले ११ रन जोड्दा यास्मिन दसवानीलाई १६ रन बनाइन्। यस्तै मरिना लाम्पलोले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।

हङकङको सूरुवाती ब्याटिङ लाईन ध्वस्त बनाउने क्रममा नेरी एक्लैले ६ विकेट हात पारिन् ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा यथावत छ।

नेपालले ४ खेलबाट ६ अंक जोडेको छ भने समान खेलबाट आयोजक थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ। यस्तै एक खेल बढी खेलेको युएई पनि समान ८ अंकसहित दोस्रो स्थानमा छ। ५ खेल खेल्दै ६ अंक जोडेको चीन नेपालसँग रनरेटमा अघि हुँदै तेस्रो स्थानमा यथावत छ। अंकविहीन हङकङ पुछारबाट दोस्रोमा तथा कुवेत पुछारमा रहेका छन्।

(सेतोपाटी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको