Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रदेश लोकसेवा आयोग विधेयक पारित

admin

loksewa aayog

काठमाडौं— फागुन १२।
राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ । आइतबार बसेकाे बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई सशोधन गर्ने विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले अनुमोदन गर्‍यो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते अपराह्न १ः०० बजे बस्ने छ ।

(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको