
काठमाडौं— फागुन १३।
चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले यस वर्षको कारावाओ कप अर्थात लिग कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
गएराति सम्पन्न फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउदै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि आफ्नो नाममा पारेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल समेत गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो । जसमा म्यानचेष्टर सिटी ४–३ ले विजयी हुन सफल रह्यो ।
चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । सिटीले लिग कपको उपाधि जितेको यो भने छैटौं पटक हो ।

लोकप्रिय समाचार