Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

ओस्कार अवार्डमा ‘ग्रीन बुक’ सर्वोत्कृष्ट फिल्म, पहिलोपटकको मनोनयनमा नै रमी र ओलिभिया सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री

admin

oscar award winner

काठमाडौं— फागुन १३।

यसपटकको सर्वोत्कृष्ट फिल्मको ओस्कर अवार्ड ‘ग्रीन बुक’ले प्राप्त गरेको छ । प्राय सबैको अनुमान विपरित यो वर्षको अवार्ड ग्रीन बुकले हात पार्न सफल भएको हो । अस्वेत व्यक्तिको स्वेत ड्राइभरको कथामा आधारित फिल्मलाई समीक्षकहरुको खासै नरुचाएको बताइएको थियो ।

oscar award winner

यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन्। ‘रोमा’ नामक अर्ध-आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले उक्त अवार्ड प्राप्त गरेका हुन्। उनको यो दोस्रो ओस्कार हो। उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए।

oscar award winner

पहिलो पटक ओस्कारका लागि मनोनयनमा परेकी अभिनेत्री ओलिभिया कोलमनले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। उनको ‘द फेवरेट’का लागि यो सम्मान प्राप्त गरेकी हुन्।

यस्तै सर्वोत्कृष्ट अभिनेता तर्फ पनि पहिलोपटक ओस्कार मनोनयनमा परेका अभिनेता रमी मालेकले सम्मान हात पारे। उनले ‘बहिमियन र्‍याप्सोडी’मा गरेको दमदार अभिनयका लागि ओस्कार प्राप्त गरेका हुन्।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको