
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । योजना आयोगका निवर्तमान उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले मंगलबार मात्र राजीनामा दिएका थिए । कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल योजना आयोगका सदस्य बनेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो । डा. वाग्लेले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए ।
लोकप्रिय समाचार