Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं मलका व्यवसायी आन्दोलित, पसल हटाउने कोषको निर्णय मान्य नहुने

admin

Kathmandu Mall

काठमाडौं— फागुन १३।

काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ ।

तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् । त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।
ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।

मलको ठेक्का प्रक्रिया पनि पारदर्शी नभएको उनको दाबी छ । धेरै बोलकबोल गरेर ठेक्का पाउनले आफ्नो लगानी उठाउन मनपरी भाडा वृद्धि गर्ने गरेको व्यवसायीको आरोप छ ।

व्यवसायीलाई जबर्जस्ती हटाउन खोजिए मलमा तालाबन्दी गर्ने सघंकी अध्यक्ष महराको चेतावनी छ । २० हजार भाडा रहेको युनिटको भाडा अहिले ८० हजारसम्म पुर्‍याइएको उनीहरुको भनाइ छ ।

मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि-पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् ।

माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौंका खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।

गुण्डा नाइके राजु गोरखाली समूहसँग गत पुसमा ठेक्का सम्झौता तोडेको कोषले आˆनो स्वामित्वमा रहेको उक्त भवनलाई ‘कर्पोरेट हाउस’ बनाउन पसलहरु हटाउन लागिएको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको