Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

“एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” ईजिप्टमा सम्पन्न हुने

admin

काठमाडौं— फागुन १३।

राज्य दैनिकको प्रस्तुती तथा मोडल सङ्ग्स नेपालको आयोजनामा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” आयोजना हुने भएको छ ।

इजिप्टको अलेक्जेन्ड्रिया सिटिमा मार्च १४ को दिन सम्पन्न हुने उक्त सम्मान तथा मनोरन्जनात्मक कार्यक्रममा विगत लामो समयदेखि देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुहुने अग्रज नेपालीहरुलाई सम्मान प्रदान गरिने भएको छ ।

विश्वको सातौ आश्चर्यमध्यको एक इजिप्टको पिरामिडको शहरमा सम्मान कार्यक्रम आयोजना गरिनुले समेत यस सम्मान कार्यक्रमको महत्व अझ बढेको जनाईएको छ । उक्त कार्यक्रमको लागि नेपालबाट फागुन २६ गत्ते आयोजक टोलीसंगै ख्यातिपाप्त कलाकार,वरिष्ठ व्याक्तित्व तथा समाजसेवीहरु त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताको साथै सम्मान कार्यक्रमहरु आयोजना गर्दै आएको मोडल सङ्ग्स नेपालको आयोजना रहेको ‘एम एस एन एक्सीलेन्स अवार्ड, २०१९’ मा संचारकर्मी, गायक-गायिका, मोडल, बैंकर, समाजसेवी, सौन्दर्यकर्मी, सफल व्यावसायी, उत्कृष्ट खेलाडी, ईभेन्ट अर्गनइजर तथा वरिष्ठ चलचित्रकर्मीहरुलाई विभिन्न विधामा पुरस्कृत गरिने आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जा्नकारी दिनुभयो ।

राजधानी लगायत मोफसलमा विभिन्न सफल सौन्दर्य प्रतियोगिता सम्पन्न गरि चर्चा बटुल्न सफल मोडल सङ्ग्स नेपालले केही महिना अघि युएईमा “मोडल सङ्ग्स अवार्ड २०१८ दुवई” को भव्य समापन पश्चात ईजिप्टमा “एम एस एन एक्सीलेन्स अवार्ड, २०१९” को आयोजना गर्न लागेको हो ।

लामो समयदेखि आ-आफ्नो क्षेत्रमा लागिपरी अथक योगदान पुर्याउनुहुने व्याक्तित्वहरुको योगदानको कदर गर्दै उहाहरुलाई प्रोत्साहन साथै हौसला प्रदान गर्न यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको राजपुतले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको