Logo
06 Oct 2024    २० आश्विन २०८१, आईतवार

ताजा खबर

मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त पूर्वराजा शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किए बाढीपहिरोमा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु

आइसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालद्वारा चीन ५ रनले पराजित

admin

nepalese womens cricket

काठमाडौं— फागुन १३।

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हराएको छ ।

सोमबार थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाल ५ रनले विजयी भएको हो ।

७८ रनको चुनौती पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रनमात्र बनाउन सक्यो ।

झाङ मेइले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा नेपालका सीता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट लिए । दुई खेलाडी ‘रनआउट’ भए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

काजल श्रेष्ठले १८ रन जोड्दा अलराउन्डर सीताले ११ रन बनाइन् । त्यसैगरी, विन्दु रावलले १० रन बनाइन् । त्यसबाहेक कुनैपनि खेलाडीले दोहोरो योगफल जोड्न सकेनन् ।

प्रतियोगितामा नेपाल पाँचमध्ये चार खेलमा सफलता हासिल गर्दै ८ अंकसहित तेस्रो स्थानमा पुग्न सफल भएको छ ।

यो प्रतियोगिता जित्ने टिममात्र विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले नेपाल अझै दबाबमा छ ।

आयोजक थाइल्यान्ड ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ भने युएई ८ अंकसहित दोस्रो स्थानमा छ ।

अब नेपालले बाँकी खेल जितेरमात्र पुग्ने छैन, थाइल्यान्डले पनि बाँकी प्रतिस्पर्धीसित भारी अन्तरको हार व्यहोर्नुपर्नेछ ।

(इमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको