Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

दाइजो बिरुद्ध योद्धा सम्मान बाट सम्मानित भए डा। सी।के।सिंह

admin

देशभरबाट बाल विवाह एवम् दाइजो विरुद्धका २४ जना योद्धाहरुलाई काठमाडौंमा आज सम्मान गरिएको छ । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान गरेको छ ।

नयां बानेश्वरको इन्द्रेणी कम्पलेक्समा विभिन्न क्षेत्रका ३०० भन्दा बढी व्यक्तिहरुको सहभागितामा आयोजित उक्त कार्यक्रमको अध्यक्षता प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, नेपाल सरकारको सचिव केदार बहादुर अधिकारीले गर्नु भएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथीको रुपमा माननीय रन्जू झा ठाकुर, सभापति, महिला बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिती, व्यवस्थापकिा संसद, नेपाल हुनु हुन्थयो । त्यस्तै, श्री खग राज बराल, सचिव, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, नेपाल सरकारले यस कार्यक्रमको विषेश आतिथ्य गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा यस राष्ट्रिय अभियानको सद्भावना दुतहरु नयिका श्वेता खड्का तथा डा. सि के सिंहले आफनो आफनो धारण राख्नु भएको थियो । यस सम्मान कार्यक्रमको आयोजन समितीको संयोजक वीर बहादुर महतोले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको