Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

ढल्केवरमा बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, २० घाइते

admin

dhalkebar accident

काठमाडौं— फागुन १५।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

काकरभित्ताबाट रौतहटको गौरतर्फ आइरहेको ना५ख ४९६ नम्बरको मुनाल यातायात कम्पनीको बस र हेटौंडाबाट पूर्वतर्फ गइरहेको मालवाहक ना६ख ९४२९ नम्बरको ट्रक ढल्केवरस्थित ट्राफिक कार्यालय नजिक एक आपसमा ठोक्किए दुर्घटना भएको हो ।

दुर्घटनामा भारत बिहार मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको उपचारका लागि धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको ढल्केवर लालगढस्थित निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनालाई गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको