Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

admin

air_diainatick

काठमाडौं— फागुन १५।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्।

प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए भने हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

(न्युज २४ नेपाल)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको