Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

नेपालमा भएका दुई भीआईपी हेलिकप्टर दुर्घटना

admin

airdynasty

काठमाडौं— फागुन १५।

ताप्लेजुङमा १३ वर्षकोबीचमा भीआईपी चढेको दुई वटा हेलिकप्टर दुर्घटना भएका छन् । बुधवार बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर दुर्घटना भएपछि ताप्लेजुङमा १३ वर्षको बीचमा भीआईपी बोकेको हेलिकप्टर दुर्घटना भएको हो ।

बुधवारको दुर्घटनामा पनि अधिकांश भीआईपी छन्। मन्त्री अधिकारीसहित यति एअरलाईन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुबदास भोछिभया र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे छन्।

२०६३ भदौ ७ गते (१३ वर्षअघि) बहालवाला वन राज्यमन्त्री गोपाल राई र उनकी पत्नी मिनासहित चढेको श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २४ जना परेका थिए। २४ जनामा अधिकांश भीआईपी र नेपालको संरक्षण क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व थिए।

ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्र स्थानीय समुदायलाई हस्तान्तरण गरेर फर्किने क्रममा उक्त घटना भएको थियो।
तत्कालीन् वन राज्यमन्त्रीसहित पूर्वमन्त्री -श्रम तथा यातायात) समेत रहेका योजनाविद् हर्क गुरुङ, डब्लूडब्लूएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्व महानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणणविद्हरु मिङ्मा नोर्बु शेर्पा, यशिछोडेन लामा, दावाछिरिङ शेर्पा, नेपालका लागि फिनल्याण्डका राजदूत पाउली मुस्टोनेन, यूएसएआईडीका उपमहानिर्देशक मार्गरेट एलेक्जेन्डर, बिनाज आचार्य, डब्लूडब्लूएफ युकेका जील बोविङ र जेनिफर हेड्ली, म्याथ्यो पि्रसर पत्रकारहरु हेमराज भण्डारी र सुनिल सिंह परेका थिए।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको