Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

दुःख व्यक्त गर्दै देउवाले भने– रवीन्द्र अधिकारी उदयमान युवा नेताका साथै भद्र र सुयोग्य हुनुहुन्थ्यो

admin

काठमाडौं— फागुन १५।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् ।

‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

कांग्रेस सभापति देउवाले हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रकृया अघि बढाउने विश्वास लिएका छन् ।

(खबर हव)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको