Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सरकारद्वारा आज राष्ट्रिय शोक घोषणा, सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने

admin

मन्त्रिपरिषद्

काठमाडौं— फागुन १६।

सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधबार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो । यसक्रममा सरकारले आजका लागि देशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

राष्ट्रिय शोक मनाउने क्रममा देशभरका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

यस्तै, दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन यथाशीघ्र पेश गर्न सरकारले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

आयोगको अध्यक्षमा सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतम छन् भने सदस्यहरुमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।

(ईमज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको