Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइयो, दुर्घटनास्थलमा उद्धारकर्मी अलपत्र

admin

suketar

काठमाडौं— फागुन १६।

हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा ल्याइसकिएको छ । बुधबार साँझ चार जनाको शव ल्याइएकोमा बिहीबार बिहानै बाँकी तीनजनाको शवसमेत दुर्घटनास्थलबाट विमानस्थलमा ल्याइएको हो ।

बिहान केहीबेर मौसम सफाजस्तो भए पनि पुनः सुकेटार आसपास मौसम खराब भएको छ । मौसम अनुकुल हुनासाथ सातैजनाको शव काठमाडौं पठाउने तयारी भएको छ ।

यसैबीच बुधबारदेखि नै दुर्घटनास्थलमा उद्धारका लागि रहेका ताप्लेजुङ जिल्लाका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापासहित करिब ४५ सुरक्षाकर्मीलाई फर्कन कठिनाइ भएको छ । दुर्घटनास्थलमा बाक्लो हिमपात भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो ।

उनीहरु गएराति भिरमै बसेका थिए । सो क्षेत्रमा रातभरी हिमपात भएको थियो । उनीहरु डोरीको सहायतामा दुर्घटनास्थल पुगेका थिए । रातभरी चिसोमा कठ्यांग्रिएर बसेका र मौसमसमेत प्रतिकुल भएका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको हो ।

(ईमज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको