Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

शोकाकुल परिवारलाई भेटेर दाहालद्वारा समवेदना प्रकट

admin

prachand

काठमाडौं— फागुन १६।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका शोकाकुल परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

दिवंगत मन्त्री अधिकारीका शोकाकुल बुवा, आमा र पत्नीलाई भेट गर्न दाहाल बिहीबार बिहान पुलचोकस्थित मन्त्रीनिवास पुगेका थिए । उनले सिंगो पार्टी र मुलुक नै यतिबेला शोकमा रहेको भन्दै मन्त्री अधिकारीका परिवारजनलाई धैर्य धारण गर्न आग्रह गरेका थिए ।

दाहालले सोही दुर्घटनामा मृत्यु भएका व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहालको परिवारसँग पनि भेट गरी समवेदना प्रकट गरेका छन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको