Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

दाङमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

admin

gadi and jeep accident on dang

दाङ— फागुन १६।

दाङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा सवारी चालक दाङ तुलसीपुर उपमहानगरपालिका १९ बाँसगडीका ३५ वर्षीय लालबहादुर रावत र भ्यानमा सवार तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका ५५ वर्षीय अमरबहादुर वली रहेका छन् ।

दाङको दुधरासबाट छिल्लिकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप भ्यान बुधबार साँझ दुर्घटना भएको थियो । साँझ पौने ६ बजेतिर भएको दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लिकोटका १६ वर्षीय लिला बहादुर खड्का, तुलसीपुर १९ का छिल्लीकोटका ४४ वर्षीय कर्णबहादुर खड्का, घोराही उपमहनरपालिका १५ रतनपुरका २२ वर्षीया सपना वली सेन ठकुरी र उनका छोरा संदिप सिंह र उनकै अर्का छोरा सुजल सिंह ठकुरी घाइते भएका छन् ।

घाइतेमध्ये लिलाबहादुर खड्काको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको छ । गाडीमा दशजना सवार रहेपनि अन्य तीनजनाको अवस्था सामान्य रहेको उनले बताए ।

गाडी सडकबाट करिब एक सय मिटर तल खसेको र बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

(नयाँ पत्रिका)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको