Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

अष्ट्रेलियमा रमिलासंग “मनभरि तानाबाना” बुन्दै करण क्रेजी

admin

 

काठमाडौं । पछिल्लो समय हास्यव्यंग्य टेलिचलचित्र डिठ्ठा साबमा अभिनय गर्दागर्दै अष्टेलिया पुगेका कलाकार करण श्रेष्ठ क्रेजीको दैनिकी अहिले अष्ट्रेलिया तिर नै बितिरहेको छ । उनको व्यस्तता अहिले पनि सुटिङमा बितिरहेको छ । अष्ट्रेलिया भ्रमणको मौकामा कलाकार करणले डिठ्ठा साब र एक म्युजिक भिडियोको सुटिङ अष्ट्रेलियामा गर्न भ्याए । कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको हास्य व्यंग्य टेलिचलचित्र डिठ्ठा साबको सुटिङ उनकै पहलमा अहिले अष्टेलियामा भईरहेको छ ।


अष्टेलियामा रहेका नेपालीहरुलाई समेत उनले उक्त टेलिचलचित्रमा अभिनय गराईरहेका छन् । निर्माता तथा वितरक समेत रहेका करण क्रेजी अहिले कलाकारितामा जमिरहेका छन् । करिब डेढ महिना अघि फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन पुगेका करणले एक म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।


गायिका निशा देशारको स्वरमा सजिएको “मनभरि तानाबाना” बोलको गीतको भिडियोमा उनले अभिनय गरेका छन् । उनलाई साथ दिएकी छिन्   रमिला अधिकारीले । गीतमा मोडल रमिलासँग करणलाई रोमान्स गराएका छन् निर्देशक मनोज अधिकारीले । यस गीतको भिडियो अष्ट्रेलियाका विभिन्न ठाउँहरुमा खिचिएको निर्देशक अधिकारीले बताएका छन् । गीतको म्युजिक भिडियोलाई श्री पराजुलीले खिचेका हुन् । ‘गुमनाम’ एल्बमको यो गीतमा गैरे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द रहेको छ ।
नेपाली फिल्म जवाफबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका करण क्रेजीले दुई दर्जन भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेका छन् । अभिनय क्षेत्रमै आफ्नो जीवन समर्पित गर्ने चाहना रहेको बताउने कलाकार क्रेजी यो क्षेत्रमा अझ धेरै काम गर्न बाँकी रहेको बताउँछन् । उनी भन्छन्, “म जहाँ गएपनि मेरो कलाकारिता त्यहीँ हुने गर्दछ । तर म कलाकारिताबाट भागेर कहिल्यै विदेश पलायन चाहिँ हुँदिन ।” आफ्नो यो अष्ट्रेलिया भ्रमण दोस्रो पटक भएको उनले बताए । केहि बाकी छायांकनको काम सकेपछि नेपाल फर्किने तयारी गरेका क्रेजीले कलाकारितालाई थप सक्रियताका साथ निरन्तरता दिने कुरा समेत बताए ।

Karan Shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको