Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नेकपा सचिवालय बैठकले गर्यो पार्टीको झण्डा आधा झुकाउने, २३ गते श्रद्धान्जली सभा गर्ने निर्णय

admin

CPN Secretariat Committee Meeting

काठमाडौं— फागुन १६।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

विहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘आज पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरिएको छ ।’

त्यस्तै नेकपाले आगामी २३ गते श्रद्धान्जली कार्यक्रम गर्ने भएको छ ।

सचिवालय बैठकले दुर्घटनामा परि निधन भएकाको परिवारको आर्थिक स्थिति र आवश्यकता समेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

(खबर हब)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको