Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

पीएसएलमा उत्कृष्ट लयमा सन्दीप, सर्वाधिक विकेट लिनेमा शीर्ष पाँचमा

admin

Sandeep_Lamichhane

काठमाडौं— फागुन १६।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली लाहोर कलान्दर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा आज (बिहीबार) कराँची किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने १० बजे कराँची र कलान्दर्सबीचको खेल हुनेछ ।

लेगस्पिनर सन्दीपले पीएसएलमा आफ्नो प्रभाव कायम गर्न सफल भएका छन् । पीएसएलको आफ्नो पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीप लगातार आफ्नो बलिङ कसिलो गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् । बुधबार सन्दीपले आफ्नो करियरको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

पीएसएलको पहिलो खेलमा सुल्तान मुल्तानविरुद्ध ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर २ विकेट लिएका सन्दीपले क्वेटा विरुद्धको खेलमा ४ ओभर नै बलिङ गरेर २० रन खर्चदै १ विकेट लिएका थिए । सन्दीपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट बलिङ गर्दै क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभरै बलिङ गर्दै १० रन मात्रै खर्चेर ४ विकेट लिएका थिए । उक्त खेलमा उनी म्यान अफ दि म्याच समेत घोषित भएका थिए ।

आज कराँची किङ्स विरुद्ध ख्ेल्न लागेको लाहुरका लागि सन्दीपले आफ्नो उत्कृष्ट लय कायम राख्ने अपेक्षा नेपाली क्रिकेट प्रशंसकले गरेका छन् ।

सन्दीपले पीएसएलमा खेलेका ३ खेलमा १२ ओभर बलिङ गर्दै ७६ रन खर्चेर ८ विकेट लिँदै शीर्ष पाँचौं स्थानमा रहेका छन् ।

(खबर हब)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको