Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीबारे भारतमै शंका, मोदीसँग प्रमाण मागियो

admin

narendra modi

नयाँ दिल्ली— फागुन १६।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न चुनावमा आफ्नो लोकप्रियता बढाउनका लागि पाकिस्तानमाथि भारतीय सैन्य कारवाहीको भ्रम फैलाएको आरोप लगाइएको छ ।

पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय प्रधानमन्त्री मोदीसँग सैन्य कारवाहीको प्रमाण देखाउन माग गरेकी हुन् । उनले भारतीय वायुसेनाको कारवाहीमाथि आशंका प्रकट गर्दै प्रमाण देखाउन चुनौती दिएकी हुन् ।

मुख्यमन्त्री ममताका अनुसार पाकिस्तानी भूमिमा गरिएको भनिएको सैन्य कारवाहीबारे अनेक आशंका देखिएका छन् । कथित कारवाहीपछि प्रधानमन्त्री मोदीले सर्वदलीय बैठक नबोलाउनु, कुनै प्रकारको विश्वासिलो आधार र प्रमाण नदेखिनु जस्ता विषयले आशंका बढाएको उनको तर्क छ ।

उनले भारतीय मिडियाको एउटा वर्गले युद्धको माहौल तयार पारिरहेको आरोपसमेत लगाइन् । केन्द्र सरकारले मिडियामाथि नियन्त्रण बढाएर एकतर्फी रुपमा उत्तेजित समाचार प्रकाशमा ल्याइरहेको उनको आरोप छ ।

उनले पाकिस्तानमा गरिएको भारतीय वायुसेनाको कारवाहीमा तीनसय लडाकु मारिएको दावी गरिए पनि कुनै प्रमाण सार्वजनिक नभएकोमा आश्चर्य प्रकट गरिन् । ‘केही त प्रमाण हुनु पर्ने हो नि !’ उनले भनिन् ।

उनले अन्तर्राष्ट्रिय मिडियामा उक्त कारवाहीमा कुनै मानवीय क्षति नभएको उल्लेख भएको पनि बताइन् । ‘म न्यूयोर्क टाइम्स पढ्दै थिएँ,’ उनले भनिन्, ‘उक्त कारवाहीमा कसैको पनि मृत्यु नभएको लेखिएको थियो, केही मिडियामा भने एकजनाको मृत्यु भएको लेखिएको थियो ।’

उनले मोदीमाथि भारतीय सेनाको रगतमाथि राजनीति गरेको आरोपसमेत लगाइन् ।

(ईमेज खबर/एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको