Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सबै मृतकलाई टुँडिखेलमा श्रद्धाञ्जली दिईयो

admin

condolence on rabindra adhikari

काठमाडौँ — फागुन १७।

ताप्लेजु‌ङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । बिहान ८ बजे देखि सुरु भएकाे श्रद्धाञ्जली कार्यक्रम ११ बजेसम्म चल्ने छ ।

दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्।

प्रधानमन्त्री ओलीले दिवंगत मन्त्री अधिकारीलगायतलाई राष्ट्रिय झण्डाओढाएका थिए। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री अधिकारीलाई पार्टीकाे झण्डा अाेढाएका थिए ।

मृतकका आफन्त, शुभचिन्तक, विभिन्न राजनीतिक दलका नेताहरु लगायत सर्वसाधारण पनि टुँडिखेल पुगेका छन्। श्रद्धाञ्जली पछि अन्तिम संस्कारका लागि मृतकका आफन्तहरुलाई शव जिम्मा लगाइने छ।

मन्त्री अधिकारीकाे शव भने गृह जिल्ला पाेखरा लगिनेछ।

काठमाडाैंबाट तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेका मन्त्री अधिकारीसहितको हेलिकप्टर पाथीभाराबाट काठमाडौं फर्कनेक्रममाताप्लेजुङको तारेभीरमा बुधबारदुर्घटनामा परेको थियो।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको