Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

एएफसीले नेपालका ९ वटा ‘ए’ डिभिजन क्लबलाई मान्यता दियो

admin

AFC club football

काठमाडौँ — फागुन १७।

नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीसहित ९ वटा ‘ए’ डिभिजन क्लबले क्लब लाइसेन्सिङको मान्यता प्राप्त गरेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मापदण्ड पुरा गरेका ९ क्लबलाई क्लब लाइसेन्सिङको मान्यता दिएको हो । क्लब लाइसेन्स पाउने क्लबहरुमा मनाङसहित थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, च्यासल युथ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब, सशस्त्र प्रहरीको एपीएफ टिम र नेपाल पुलिस क्लब छन् ।

१४ वटा क्लबले लाईसेन्सिङका लागि आवेदन दिए पनि ९ वटाले मात्रै पाएका हुन् । बाँकी ५ क्लबले मापदण्ड पूरा गर्न सकेनन् ।

क्लब लाईसेन्सिङ पाएका क्लबहरु एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गर्ने कुनै पनि फुटबल प्रतियोगिता खेल्न योग्य भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०१८ सम्म सदस्य राष्ट्रका सबै क्लबमा अनिवार्य लाइसेन्स प्रणाली लागु गर्ने नीति लिएपछि नेपालका क्लबहरुले पनि प्रक्रिया अघि बढाएका थिए । क्लब लाइसेन्स प्राप्तिका लागि क्लबहरुले कम्तिमा १७ वटा मापदण्ड पूरा गरेको हुनुपर्छ । त्यसमा क्लबको मैदान, खेलाडी सम्झौता, प्रशिक्षक संख्या, मार्केटिङ, मिडिया व्यवस्थापक, आर्थिक योजनालगायतका शर्त पर्दछन् ।

(ईमेज खबर)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको