Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

दमौलीमा होली पुर्णिमाको अवसरमा होली महोत्सव हुने

admin

holi programme on damauli

काठमाडौँ — फागुन १७।

दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । बिहीबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव बारे जानकारी गराईएको हो ।

फागुपुर्णिमाको अवसरमा आगामी चैत ६ गते रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता) ले दमौलीमा संयुक्त रुपमा होली महोत्सवको आयोजना गर्न लागेको जानकारी पत्रकार सम्मेलन माझ गराईएको छ ।

एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना अादान प्रदान गर्ने र सामाजिसद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए । मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव अायोजना गर्न लागिएको श्रेष्ठले प्रष्ट पारे ।

सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लगायतका खेलहरु पनि महोत्सवमा समाबेश गरिने छ ।होलीलाई विशेष बनाउनका लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । साथै उक्त महोत्सवमा जुम्वा र एरोबिक्स, डिस्को जक्की सहितको गीत र नाच, विभिन्न परिकारका फुड स्टल, म्यूजिकल रेन डान्स, फेस पेन्टिङ, ब्यास नगरपालिकाको अग्नी नियण्त्रण सम्यन्त्र प्रदर्शनी समेत हुने बताईएको छ । १४ घण्टा सम्म चल्ने यस कार्यक्रममा पुरै डिजेक‍ो म्युजिक दिनै भरि हुनेछ । पानीको फोहोरा समय समयमा ठाउँ ठाउँमा आउने हुँदा महोत्सवमा थप आकर्षण बढने आयोजकको दाबी छ ।

कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहने जनाईएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको