Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

रेशम चौधरी पक्राउ आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

“मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९” को आयोजना हुने, अडिसन फाराम धमाधम वितरण हुदै

admin

Mr & Miss SEE Superstar

काठमाडौँ — फागुन १७।

राजधानीमा “मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९” को आयोजना हुने भएको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बिभिन्न सौन्दर्य प्रतियोगिता तथा अवार्ड कार्यक्रमहरु भव्य रुपमा संचालन गर्न सफल मोडल सङ्ग्स नेपालको आयोजनामा हुन लागेको यस सौन्दर्य प्रतियोगितामा एसईई परिक्षा दिएर बसेका युवा तथा युवतीहरुले भाग लिन पाउनेछन ।

एसईई दिएर बसेका युवा तथा युवतीहरुको खाली समय सदुपयोग गर्दै मोडलिङमा आफ्नो भविष्य बनाउन खोजिरहेकाहरुलाई प्रोत्साहन तथा उनीहरुको क्षमता अभिवृद्दि गर्ने उद्देश्यले यस “मिस्टर एण्ड मिस एसईई सुपरस्टार, २०१९” सौन्दर्य प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले जानकारी दिनुभयो ।

प्रतियोगिताको अडिसन भने यहि चैत्र २३ र ३० गत्ते बानेश्वरस्थित रेड डाएमण्ड रेस्टुरेन्टमा हुने छ ।

आयोजक राजपुतका अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई मोडलिङसम्वन्धी ज्ञान तथा यसको भविष्य, सञ्चार दक्षता, एमसिइङ तथा टेवल म्यानर, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, समय तथा रिस व्यवस्थापण, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम धमाधम वितरण भईरहेको छ ।

अडिसन फाराम पाईने स्थानहरुः
1.Model Songs Nepal Pvt.Ltd.(Koteshwor,Beside Of Bhat Bhatini)
(9809649541 \ 9840835410 )

2. Womaniya G-24 Ground floor City Center
kamalpokhari
(Ph. 01-4011523)

3. Young Forever Shop No.202 People Plaza New Road)
(9824182137
4. Womaniya A-97 Ground floor World Trade Center
Tripureshwor
(Ph. 01-4117142)

5.Red Diamond Restaurant, New Baneshwor
(9844271872)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको