Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती

admin

bharatamohan adhikari

काठमाडौँ —फागुन १९।

उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा उनका तीन छोरीहरु लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिए ।

bharatamohan adhikari

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधिकारीको पार्थिव शरीरमा उनकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

bharatamohan adhikari

नेता अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । पूर्वउपप्रधानमन्त्री समेत रहेका अधिकारीको ह्याम्स अस्पतालमा शनिबार राति ९:३५ मा निधन भएको हो। ‘करेन्ट निमोनिया’ कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो।

bharatamohan adhikari

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए। मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए।

bharatamohan adhikari

२०५१ पुस ११ पहिलो बजेट ल्याउँदै ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने कार्यक्रम ल्याए। २०५२ असार असार २७ गते अर्को बजेट ल्याए। उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए। स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको