Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

फ्रेण्डसीप डे को अवसरमा मा “साथी सधै” विमोचन

admin

काठमाडौं / “फ्रेण्डसिप डे”को अवसर पारेर नौ जना गायक गायिकाको स्वर भएको “साथी सधै” लोर्कापण भएको छ । शुक्रबार त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागको हलमा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र विशिष्ठ अतिथि मानविकि तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसाल लगायत अतिथिले एल्वमको लोकार्पण गरेका छन् ।


त्रि.वि.ललितकला केन्द्रिय विभागबाट स्नातकोत्तर गरेका तथा गरिरहेको चर्चित गायक÷गायिकाहरुको स्वर रहेको यस एल्वम लोर्कापण कार्यक्रमको सभापति विभागका विभागिय प्रमुख तथा वरिष्ठ सितार वादिका ज्ञानुराधा गोर्खालीले गरेका थिए । विमोचित एल्वम “साथी सधै” मा नौ वटा गीतहरु संग्रहित छन् । जस मध्ये छ वटा गीतको संगीत चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले गरेका छन् भने बाँकि तीन वटा गीत प्रकाश गुरुङ, जितेन्द्र चौधरी र भुपु पाण्डे गायक आफैले संगीत गरेका छन् । यस एल्वमको शिर्ष गीत साथी सधै.. एल्वममा आवद्ध सम्पूर्ण गायक÷गायीका साथै संगीतकार सुरेन्द्र श्रेष्ठले स्वर दिएका छन् । साथी सधैका संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने यसका गीतकार शंकर ज्वाला रहेका छन् । एल्वमको दोस्रो गीत यो मधुर प्रितको कुरा…..मा चर्चित गायिका बेनुका राईले स्वर दिएकी छिन् । यसका संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने गीतकार रोशन अनुराग राई हुन् । एल्वमको तेस्रो गीत छल्किएर बग्ने आँशु…मा चर्चित गायक भुपु पाण्डेको स्वर रहेको छ । यसका संगीतकार गायक आफै हुन् भने गीतकार शर्मिला गिरी हुन् । एल्वमको चौथो गीत कस्तो त्यो लोभि नजर….मा चर्चित गायिका उर्मिला गुरुङले स्वर दिएकी छिन् । यसका संगीतकार तथा गीतकार सुरेन्द्र श्रेष्ठ हुन् । एल्वमको पाँचौ गीत कसरी हास्न…मा चर्चित गायक प्रकाश गुरुङको स्वर रहेको छ । यसका संगीतकार र गीतकार पनि स्वयं गायक नै रहेका छन् । एल्वमको छैठौ गीत सम्हाल्न खोज्छु ….मा चर्चित गायिका रुपकमल क्षेत्रीले स्वर दिएकी छिन् । रुपकमल क्षेत्री पद्मकन्या क्याम्पसमा संगीत विषयमा नै अध्यापन गराउदै आएका छन् । यसका संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने गीतकार रोशन अनुराग राई हुन् । एल्वमको सातौं गीत झरेर गैगो…. मा चर्चित गायक गोकुल लेछर्बो लिम्बूको स्वर रहेको छ । संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने गीतकार भागिरथ दहाल हुन् । गोकुल लेछर्बो लिम्बूले संगीत विषयमा नै त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि समेत गरिरहेका छन् । लिम्बू ललितकला केन्द्रिय विभागमा संगीत विषय अध्यापन गराउँदै आएका छन् । एल्वमको आठौं गीत देखेर नि …. मा चर्चित गायिका गंगा लामाले स्वर दिएकी छिन् । यसका संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने गीतकार अन्जु श्रेष्ठ हुन् । एल्वमको नवौं गीत नलुकाइ मनका कुरा.. मा चर्चित गायक जितेन्द्र चौधरीले दिएका छन् । यसका संगीतकार गायक आफैले हुन् भने गीतकार विष्णु बहादुर सिंह हुन् । एल्वममा सुरेन्द्र श्रेष्ठ, नरेन्द्र वियोगी, दिपेश सिंह, रुपमसिंह गुरुङको संगीत संयोजन रहेको छ । विमोचित एल्वमको बजार व्यावस्थापन सुर मेलोडी रेकर्डिङ स्टुडियोले गरेको छ । यस कार्यक्रमको संयोजन ललितकला डवलिले गरेको थियो । एल्वमको शिर्ष गीत “साथी सधै” को म्यूजिक भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोको निर्देशन अम्रित सुनुवारले गरेका छन् । भिडियो सम्पादन विकाश धमालले गरेका छन् भने छायाँङ्कन अभय बज्रचार्यले गरेका छन् । एल्वममा आवद्ध सम्पूर्ण गायक गायिकाले स्वर दिएका छन् । संगीतकार सुरेन्द्र श्रेष्ठ हुन् भने यसका गीतकार संकर ज्वाला हुन् । साथी सधै एल्बमको गायक गायिका त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रिय विभागकै उत्पादन भएकोले सिडि विक्रिबाट प्राप्त आम्दामिको ६० प्रतिशत गुरु दक्षिणा स्वरुप ललितकला केन्द्रिय विभागलाई प्रदान गर्ने भएको छ ।

Surendra shrestha

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको