Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा आगलागीमा परी एक जनाको मृत्यु रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

‘पागल अल्पसंख्यक’लाई हराएरै छाड्छु’- भेनेजुएलाका राष्ट्रपति निकोलस

admin

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो

काठमाडौं—फागुन २२।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफूलाई सत्ताबाट हटाउने प्रयासमा लागेका ‘पागल अल्पसंख्यक’ लाई हराएरै छोड्ने बताए ।

विपक्षी नेता हुँवा गुइदोलाई चुनौति दिँदै राष्ट्रपति मदुरोले शनिबारका लागि ‘साम्राज्यवादी विरोधी मार्च’ आह्वानसमेत गरेका छन् ।

आफ्ना राजनीतिक गुरु ह्युगो चावेजको निधन भएको छैटौं वर्षगाँठ पुगेको दिनमा भएको कार्यक्रमा राष्ट्रपति मदुरोले पालग अल्पसंख्यकले उनीहरुको घृणा तथा द्वेषको यात्रा कायम राखेको भन्दै त्यो उनीहरुकै समस्या भएको बताए ।

उनले त्यतातिर आफूहरुले ध्यान नदिने पनि बताए । सेनाका अधिकारीसहित उपस्थित कार्यक्रममा मदुरोले विपक्षीको बाटो जसरी भए पनि रोक्ने प्रतिबद्धता व्यक्त गरे । चावेज र देशको समृद्ध इतिहासका लागि विपक्षीलाई हराउनु पर्ने उनको भनाइ थियो ।

अदालतको आदेशको अवज्ञा गर्दै विपक्षी नेता हुँवा गुइदो दक्षिण अमेरिकी देशको भ्रमण गरेर फर्किएपछि राष्ट्रपति मदुरोले आक्रोसपूर्ण भनाइ सार्वजनिक भएको हो ।

सर्वोच्च अदालतले लगाएको भ्रमण प्रतिबन्ध उल्लंघन गर्दै समर्थन बलियो बनाउनका लागि छिमेकी देश गएका गुइदो सोमबार काराकास फर्किएका थिए ।

भेनेजुएलामा हजारौं मानिसले अहिलेका राष्ट्रपति निकोलस मदुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

३५ वर्षीय गुइदोले मदुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् ।

(ईमेज खबर/एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको