Logo
04 Mar 2024    २१ फाल्गुन २०८०, सोमबार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै काठमाडौंमा फागुन २४ देखि २८ गतेसम्म चेम्बर एक्स्पो २०२४ आयोजना काठमाडौं महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो ५० हजार जरिवाना निताको स्वरमा ‘चुप चाप’ (भिडियो) नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा चन्दविरुद्ध मुद्दा ,दाङ र रोल्पामा गरी ६ जना जिल्ला नेता पक्राउ

admin

रोल्पा —फागुन २२।

सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दलाई राज्यका तर्फबाट पहिलोपटक मुद्दा दर्ता भएको हो ।

यस्तै प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना जिल्ला नेतालाई पक्राउ गरेको छ ।

चन्दसहित दर्जन नेताविरुद्ध प्रहरीले मंगलबार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार सरकारवादी फौजदारी मुद्दा दर्ता गरेको हो । रोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार चन्द नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टेलिफोन टावरमा क्षति पुर्‍याएको अभियोग उनीहरूमाथि लगाइएको छ । सोही अभियोगमा रोल्पाका ३ जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंह छन् । नेपाली गंगादेव गाउँपालिकास्थित जिनाबाङका, सुनार सुनीलस्मृति गाउँपालिकास्थित गजुलका र सिंह घोडागाउँका हुन् । सोमबार पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मंगलबार रोल्पा जिल्ला अदालतमार्फत एक साताका लागि म्याद थपी अनुसन्धान थालेको छ ।

चन्दमाथि टावरमा क्षति पुर्‍याउन निर्देशन दिएको अभियोग छ । नयाँ पार्टी गठनपछि चन्दले तीन वर्षअघि रोल्पाको थबाङमा पहिलो महाधिवेशन गरेका थिए । त्यसयता उनी बेलाबेलामा रोल्पा आउने गरेका छन् । चन्द नेतृत्वले ‘एकीकृत जनक्रान्ति’ गतिविधिको मुख्य आधार रोल्पालाई ठान्दै आएको छ । मुद्दा दर्ता गर्नुअघिदेखि नै प्रहरीले उनको खोजी थालेको छ ।

चन्द जन्मेको परिवर्तन गाउँपालिकास्थित इरिबाङको केवरी गाउँमा समेत प्रहरी परिचालित छ । नेकपा नेता कार्यकर्ता खोजी गर्न जिल्लाभर प्रहरी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने अधिकार कसैमाथि नभएको बताए । ‘कानुन मिच्ने कसैलाई छुट दिइने छैन,’ उनले भने ।

कार्यकर्ता पक्राउपछि नेकपा रोल्पाका सचिव सन्तोष सुवेदीले विज्ञप्तिमार्फत विरोध जनाएका छन् । अन्य नेता कार्यकर्ताका घरमा प्रहरीले छापा मारेको उल्लेख गर्दै राज्यबाट दमन भएको आरोप उनले लगाएका छन् ।

उनले पार्टीका राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, जिल्ला नेता कमल थापा ‘बिजुली’, विद्यार्थी नेता दिनेश चन्दलगायतको घरमा प्रहरीले खानतलासी गरेको जनाएका छन् । होलेरीमा आयोजित विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममाथि दमन गरी रोक लगाइएको दाबी पनि उनको छ । चन्द नेतृत्वको नेकपाका नेताले सत्तापक्षीय नेकपाका नेता तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनमा आफूहरूविरुद्ध प्रहरी परिचालित भएको आरोप लगाएका छन् ।

दाङमा पनि पक्राउ
यस्तै दाङको तुलसीपुरबाट ३ जिल्ला नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । तुलसीपुरमा भएको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमस्थलबाट प्रहरीले जिल्ला पार्टी कार्यालय सदस्य प्रदीप वली, जिल्ला सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई पक्राउ गरेको हो । चन्दा आतंक र हिंसात्मक घटनाको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

समाजमा भय र त्रास उत्पन्न भएकाले उनीहरूका गतिविधिमा गम्भीर चासो दिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । चन्दका नेता(कार्यकर्ताले उद्योग, व्यवसाय, विद्यालय र स्थानीय तहबाट चन्दा असुलिरहेको र समाजमा आतंक सिर्जना गरेको सूचना प्राप्त भएकाले शान्ति सुरक्षाका हिसाबले निगरानी बढाएको उनले जनाए ।

(कान्तिपुर दैनिक)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको